इटहरी/ नेपालमा शुक्रबार मात्र ५९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोभिड १९बाट संक्रमित हुनेहरुको संख्या ५१६ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान ९ बजे प्रेश बिज्ञप्ती जारी गरेर ३० जनामा संक्रमण पुष्टि गर्‍यो। बिवरणमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) बिनय त्रिवेणी गाउँपालिका ६का ४५ बर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका ६ केसरबाघका ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला, यस्तै नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८का ३३, ३५ बर्षीय पुरुषहरु, १५ बर्षीया किशोरीमा, यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुषहरु र ८ बर्षीया बालिकामा पनि संक्रमण पुष्टि गर्‍यो। बिहान ९ बजे नै सर्लाहीको गोडैता नगरपालिका १४ जनामा र रामनगर बहुअर्वा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको थियो।

यस्तै मन्त्रालयले अपरान्ह गर्ने नियमित प्रेश बिफ्रिङमा डा.बिकास देवकोटाले मोरङको रतुवामाई नगरपालिका २ का ४१बर्षीय एकजना पुरुष, कैलालीका १९, २३ र २६ बर्षीय तीनजना पुरुष, यसैगरी डडेल्धुराका २८ बर्षीय एकजना पुरुष, बैतडीको शिवनाथ १ का २२ बर्षीय एकजना पुरुष यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिकाका एकजना पुरुषमा र बाँकेकै नरैनापुरका १३जना पुरुषहरु गरेर थप २० जनामा संक्रमण पुष्टि गर्नुभयो।

यसैगरी मन्त्रालयले शुक्रबार (आज) बेलुका सवा आठबजे प्रेश बिज्ञप्ती जारी गर्दै मकवानपुर, भक्तपुर,सप्तरी र बाराका गरेर नेपालमा थप ९जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

जसअनुसार मकवानपुर जिल्लाको हेटौडा ३ कि ५४ बर्षीया महिलामा र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ९ कि ४२ बर्षीया महिलामा, सप्तरीको बलान–बिहुल गाउँपालिकाका ३५बर्षीय पुरुषमा, यस्तै बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८,४५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले शुक्रबार मात्रै नेपालगञ्जका १२ जना पुरुष र ९जना महिला गरेर २१ जना संक्रमण मुक्त भएर घर फर्किएको बताउनुभयो। उहाँले आजसम्ममा संक्रमण मुक्त हुनेहरुको संख्या ७० पुगेको बताउनुभयो।

(प्रस्तुत समाचार कोरोना भाईरसबाट संक्रमित हुनेहरुको दिनभरको बिवरण हेर्न चाहनेहरुका लागि तयार पारिएको हो-सम्पादक)