इटहरी/ थप नौ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ। मकवानपुर, भक्तपुर, सप्तरी र बाराका गरेर नेपालमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले बेलुका सवा आठ बजे प्रेश बिज्ञप्ती जारी गर्दै मकवानपुर, भक्तपुर, सप्तरी र बाराका गरेर थप ९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा मकवानपुर जिल्लाको हेटौडा नगरपालिका ३ कि ५४ बर्षीया महिलामा र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका ९ कि ४२ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ।

यस्तै धरानस्थित बि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा सप्तरीको बलान-बिहुल गाउँपालिकाका ३५ बर्षीय पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा गरिएको परिक्षणमा बाराको सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी प्रेश बिज्ञप्तीमा उल्लेख छ। thappa


(प्रस्तुत समाचारमा बिवरण थप गर्ने शिलशिलामा एकपटक समाचार अपडेट गरिएको छ -सम्पादक)