इटहरी/ मोरङ्गको रतुवामाई नगरपालिकाका एकजना पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। ति पुरुषमा संक्रमण पुष्टि भएसँगै प्रदेश एकमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ८५ पुगेको हो।

मोरङ्गको रतुवामाई २ का ४१ बर्षीय पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको र प्रदेश नम्बर एकमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले जानकारी दिनुभयो। kko

प्रदेश एकका ८५ जना संक्रमित मध्ये उदयपुरका ३३ जनामा संक्रमण देखिएको छ। २३ जना उपचारपछि फिर्ता भएका छन्। झापाका ३५ जनामा संक्रमण देखिएको छ । २ जना उपचारपछि फिर्ता भएका छन्। भोजपुरमा एकजनामा संक्रमण भएकोमा उनि स्वस्थ्य भएर फर्किसकेका छन्।

यस्तै धनकुटामा ७ जनामा, मोरङमा ५ जनामा, सुनसरीमा ३ जनामा र खोटाङका एकजनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।

प्रदेश १ मा कोरोना भाईरस पुष्टि भएकाहरुको संख्या ८५ पुग्दा संक्रमण मुक्त हुनेहरुको संख्या २६ पुगेको छ। kkkooorrnnaaa

यस्तै प्रदेश एकका ताप्लेजुङ्ग, पाँचथर, ईलाम, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा र तेह्रथुममा अहिलेसम्म कोरोना भाईरसको संक्रमण देखिएको/ पुष्टि भएको छैन। thap pppp