इटहरी/ नेपालमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४५७ पुगेको छ। बाँके र कपिलबस्तुका तीनजनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेहरुको संख्या ४५७ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार राती साढे ७ बजे प्रेश बिज्ञप्ती जारी गर्दै संक्रमितको संख्या ४५७ पुगेको जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी प्रेश बिज्ञप्तीमा भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षण अनुसार थप ३ जनामा संक्रमण पुष्टी भएको उल्लेख छ ।

बिज्ञप्तीमा बाँकेको नरैनापुर ३ का ३२ बर्षीय पुरुष, बाँकेकै खजुरा ३ का ४२ बर्षीया महिला र कपिलबस्तुको सुद्दोधन गाउँपालिकाका १९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उल्लेख छ। बिज्ञप्तीमा हाल सम्म संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उल्लेख छ । 457

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको पत्रकार सम्मेलनमा झापाका ८ जना र रुपन्देहीका एकजनामा गरेर ९ जना थपिँदा ४५३ जनामा संक्रमण पुष्टि गरेको थियो ।

यस्तै राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दाङको घोराही उपमहानगरपालिका ३ का ३७ बर्षीय पुरुषमा संक्रमण पुष्टि गरेको भएपनि स्वास्थ्य मन्त्रालयले औपचारीक रुपमा पुष्टि नगरीकन अरु तीनजनामा पुष्टि गर्दै संक्रमितको संख्या ४५७ पुगेको जनाएको छ। rapti