इटहरी/ झापामा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । झापाको कचनकबल गाउँपालिकाका थप ८ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै प्रदेश नम्बर एकमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ८४ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार (आज) अपरान्ह गरेको नियमित प्रेश बिफ्रिङमा झापाको कचनकवल गाउँपालिकास्थित एक बिद्यालयको क्वारेन्टाईनमा रहेका थप आठजनाको परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि झापामा थप ८ जना संक्रमित बढेका हुन् । उनिहरु १७, २३, ५२ र ५३ बर्षीय एक/एकजना यस्तै १८ बर्षीय २ जना र २० बर्षीय २ जना पुरुष छन् । झापाको कचनकवल गाउँपालिकामा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश एकमा ८४ जनामा संक्रमण देखिँदा उदयपुरका ३३ जनामा संक्रमण देखिएको छ। २३ जना उपचारपछि फिर्ता भएका छन्। झापाका ३५ जनामा संक्रमण देखिएको छ । २ जना उपचारपछि फिर्ता भएका छन्। भोजपुरमा एकजनामा संक्रमण भएकोमा उनि स्वस्थ्य भएर फर्किसकेका छन् ।

यस्तै धनकुटामा ७ जनामा, मोरङमा ४ जनामा, सुनसरीमा ३ जनामा र खोटाङका एकजनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।

प्रदेश एकको झापामा बिहिबार बिहान कचनकबल गाउँपालिका ३, ६ र ८ नम्बर वडाका १८, १९, २३, २६ बर्षीय दुईदुईजना र २२, २५, २८, ३०, ३२, ३७, ४६ बर्षीय एकएकजना पुरुषहरुमा संक्रमण पुष्टि भएको सार्वजनिक भएको थियो।

यस्तै धनकुटाका ३४ बर्षीय पुरुष र सुनसरीको धरानकी ५१ बर्षीय महिलामा संक्रमण देखिएको बिहान नै सार्वजनिक भएको हो।

प्रदेश १ मा कोरोना भाईरस पुष्टि भएकाहरुको संख्या ८४ पुग्दा संक्रमण मुक्त हुनेहरुको संख्या २६ पुगेको छ। हिजो बुधबार मात्र ८जना निको भएर घर फर्किएका हुन्।

यस्तै अन्य प्रदेशमा हेर्दा प्रदेश नम्बर २ मा १ सय ३६ जना, बाग्मती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश नम्बर ५ मा १ सय ९७ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित छन्।