इटहरी/ नेपाली कांग्रेस नेता डा.मिनेन्द्र रिजाल सामाजिक सञ्जालमा भाईरल हुनुभएको छ। रिजालले एक भारतीय टेलिभिजन कार्यक्रममा भारतीय प्रस्तोतालाई ‘दनक’ दिएपछि भाईरल हुनुभएको हो।

रिजालले सो कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नमा “मेरो देशको संसदमा म प्रतिपक्षको कुर्सीमा हुँला तर देशको सीमाको बिषयमा म प्रधानमन्त्रीसँगै अडिग छु” भनेर जवाफ दिएपछि सामाजिक सञ्जालमा डा.रिजालको उच्च प्रशंशा गरिएको हो।

डा.रिजालको यो भनाई समेटिएको भिडियो क्लिप राखेर अहिले सामाजिक सञ्जालमा हरेक जसोले उच्च प्रशंशा गरेका छन्।