इटहरी/ नेपालमा संक्रमित हुनेहरुको संख्या ४२७ पुगेको छ । धनकुटा, बाँके, कपिलवस्तु र नवलपरासी पश्चिममा गरी थप २५जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या ४२७ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेश बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाले धनकुटामा ५ जना, बाँकेमा ६जना, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ गरी थप २५जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या ४२७ पुगेको जनाउनुभएको छ।

आज संक्रमण पुष्टि भएका १८जना पुरुष र ७ जना महिलाको स्वास्थ्यस्थिती सामान्य रहेको उहाँहरु स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेको डा.देवकोटाले बताउनुभयो।

यसैबीच कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा रहेका ५जना भारतीय र ३जना नेपाली बुधबार दिउँसो डिस्चार्ज भएका छन्। तीनजना नेपाली उदयपुरको त्रियुगा नगरपालिका भुल्केका हुन्।

गत वैशाख ५ र ९ गते कोरोना संक्रमण पुष्टि भएपछि बिराटनगरस्थित कोरोना बिशेष अस्पतालमा लगिएको थियो। डिष्चार्ज हुनेमा उदयपुरका ४६, २८,४० बर्षीय ब्यक्तिहरु र २२बर्षीय दुईजना, २५, ६६ र १८बर्षीय एकएकजना भारतीय नागरीक छन्।

firta
डिस्चार्ज भएकाहरु तस्विर सामाजिक सञ्जाल

डिष्चार्ज भएका पाँचजना भारतीय नागरीकलाई बिराटनगरमै क्वारेन्टाइमा राखिएको र उदयपुरका तीनजनालाई भुल्के पठाइएको छ।

यो संख्यासँगै नेपालमा कोरोना संक्रमणपछि कोरोना मुक्त हुनेको संख्या ४५ जना पुगेको छ।