इटहरी/ महाकालीमा भारतले ‘हडपेको’ स्थानसहितको नेपालको नयाँ नक्सा सरकारले सार्वजनिक गरेको छ। भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ नक्शा सार्वजनिक गर्नुभएको हो।

आज सार्वजनिक नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ। यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताउनुभएको छ ।

उहाँले नेपालको नयाँ नक्साको बिषयलाई भारतले पनि सकारात्मक रुपमा लिने बिश्वास व्यक्त गर्नुभएको छ । अव सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताउनुभयो । Nepal-New-Map

मन्त्री अर्यालले सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।