इटहरी/ चर्चित अभिनेत्री मनिषा कोईरालाले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको ट्विटलाई सम्मान गर्दै गरेको रि-ट्विट भारतीय मिडियाहरुमा स्थान पाएको छ। परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेको ट्विटलाई सम्मान गर्दै अभिनेत्री कोइरालाले गरेको रि-ट्विट भारतीय मिडियाहरुको ‘निदहराम’ भएको हो।

उनिहरुले कोइरालाको ट्विटलाई कोड गर्दै भनेका छन् ‘खाते भारतकि गाते चिन कि’ यो भारतीय न्युज च्यानल एबिपिमा भनिएको हो। भारतीय च्यानल एबिपि बर्वराएको हेर्न यहाँ क्लिक गर्नुहोस ।

परराष्ट्र मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक बिभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय, आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ’ भनेर गर्नुभएको ट्विटमा अभिनेत्री कोइरालाले ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नु भएकोमा धन्यबाद, हामी सबै अब तीनै महान राष्ट्रहरु बीच शान्तिमय र सम्मानजनक वार्तालापको प्रतिक्षामा छौं’ भन्ने ट्विट गरेपछि भारतीय च्यानलहरुको टाउको दुखेको हो। mnishha

भारतीय च्यानल एबिपिले नक्सांकनको बिषयमा चिनलाई पनि ल्याएको भन्दै पटक पटक अभिनेत्री कोइरालालाई ‘खाते भारतकि गाते चिन कि’ भन्दै अपमान गरेका छन्।

यो बिषयलाई लिएर आज नेपालमा सामाजिक सञ्जालमा ब्यापक चर्चा पाएको छ । भारतीय च्यानलको यो भनाईले नेपाली कलाकारलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा भारतीय च्यानलको बिरोध भएको हो ।