इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै ब्यवसाय बन्द गर्न निर्देशन दिएको छ । उपमहानरपालिकाले माईकिङ गर्दै यस्तो निर्देशन दिएको हो ।

मंगलबार प्रेश बिज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणका कारण इटहरी उपमहानगरपालिका क्षेत्रमा पनि एकजना संक्रमितको पहिचान भएको हुँदा नगरवासीको स्वास्थ्यमा उच्च सतर्कता अपनाउदै जेठ ६(हिजो मंगलबार) देखि आगामी शनिबार (जेठ ११) सम्म इटहरी २ र ३ लाई पुर्णरुपमा बन्द गर्दै र इटहरीको मुख्य राजमार्ग बाहेक सबै मार्गहरुमा आवतजात ठप्प पार्ने निर्णय गरिसकेको छ ।

बिज्ञप्तीमा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल क्लिनिक, औषधि पसल, पशु क्लिनिक र अत्यावश्यक सेवा बाहेक सम्पुर्ण व्यवसाय पसलहरु पुर्ण रुपमा बन्द गरिएको जानकारी गराएको छ ।

itahari 1