मोरङ्ग/ जिल्ला प्रहरी कार्यालय मोरङले ५३० बोतल नक्कली मदिरासहित बिराटनगर ११बाट श्रवण मुखियालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार दिउसो २ ः३०बजे मुखियालाई नियन्त्रणमा लिएको हो ।

मोरङ्ग प्रहरीले दिउसो करिव अढाई बजेतिर बिराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित बसपार्कको उत्तरपट्टी रहेको योजित प्रधानको घरमा कोठा भाडा लिएर बस्ने बिराटनगर ६ बस्ने श्रवण मुखियालाई नियन्त्रणमा लिएको जनाएको छ।

ttwwoo
प्रहरीले बरामद गरेको मदिरा

मुखियाले सञ्चालन गर्दै आएको न्यू.डि.एन ट्रेडर्सको पसल भित्र बिभिन्न ब्रण्डको बोतलमा नक्कली लेवल लगाई (टाँस) गरी नक्कली मदिरा बनाउने गरेको अवस्थामा ५३० बोतल नक्कली मदिराहरु फेला पारेर बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको मदिरा र मानिस समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगरमा बुझाएको जनाएको छ ।

प्रहरीले बरामद गरेको मदिराको नाम र परिमाण :

  • पास पास मदिरा १५ बोतल 
  • signature २१० बोतल 
  • Golden Oak २२ बोतल 
  • Golden Globe १२ बोतल 
  • Network १७ बोतल 
  • Purwanchal Special ३९ बोतल 
  • Royal Treasure whisky २६ बोतल 
  • Fighter मदिरा ८९ बोतल 
  • Ruslan Vodka २६ बोतल 
  • Dragon Bear ७२ बोतल 
  • Huinwa Wine २ बोतल