इटहरी/ झापाका ९ जनासहित देशभरमा थप २७ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । यो संख्यासँगै देशभरमा संक्रमित हुनेहरुको संख्या ४०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा थप २७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जनाउनुभयो ।

उहाँले परीक्षणका क्रममा झापाका ९जनामा, कपिलबस्तुका ४ जनामा, काठमाण्डौका तीनजनामा यसैगरी सुनसरी, मोरङ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ, र नवलपरासीका एकएकजनामा संक्रमण पुष्टि भएको जनाउनुभयो ।

उनिहरु १७ देखि ४२ बर्ष उमेरसमुहका रहेको बताउँदै देवकोटाले थप संक्रमित मध्ये २४ जना पुरुष र ३ जना महिला रहेको बताउनुभयो । डा. देवकोटाले कोशी अस्पताल बिराटनगरको कोभिड उपचार केन्द्रबाट ६२ बर्षीय पुरुष निको भएर डिष्चार्ज भएको पनि बताउनुभएको छ ।

(यसअघि प्रकाशित सुनसरीमा थप दुईजनासहित प्रदेश नम्बर १ मा ५३ जना कोरोना संक्रमित शिर्षकको समाचारमा सुनसरीमा २ जनामा संक्रमण पुष्टि उल्लेख भएकोमा एकजना शशस्त्र प्रहरीमा कार्यरत रहेको र उनको घर अन्य जिल्लामा भई सुनसरीमा कार्यरत मात्र रहेको प्रष्ट पारिन्छ - सम्पादक)

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।