इटहरी/ सुनसरीको इटहरीस्थित जनता माध्यामिक बिद्यालयलाई सकेको सबै सहयोग गरी स्तरीय शिक्षाको लागि वातावरण बनाउन अभिभावकहरुले आह्वान गरेका छन् । बिद्यालयले लकडाउनको समयमा पनि अविभावकहरुसँग शुल्क उठाएको भन्दै बिरोध भएपछि अभिभावकहरुले नै प्रेस बिज्ञप्ती नै जारी गरेर बिद्यालयको बचाउ गरेका हुन् ।

बिज्ञप्तीमा सवा सय बढी अविभावकहरुको हस्ताक्षर छ। बिद्यालयले थालेको गुणस्तरीय शिक्षाको अभियानमा बाधा पुयाउने गरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल र संघ, संस्थाबाट टिकाटिप्पणी र अवरोध भइरहेको उल्लेख गर्दै बिज्ञप्तीमा जनता माविको कार्यक्रमलाई सहयोग गर्न भनिएको छ ।

बिज्ञप्तीमा सबै सरोकारवालाहरुसँग जनता माविको सो कार्यक्रमलाई सहयोग गरी शैक्षिक माफियाको चलखेललाई निरुत्साहित गर्न हार्दिक अनुरोध छ भनिएको छ, बिज्ञप्तीमा अगाडी उल्लेख छ ‘कार्यक्रमलाई सफल पार्न सम्पूर्ण अविभावकहरुलाई स्वेच्छिक आर्थिक सहयोगसहित आफूले गर्न सक्ने अन्य सम्पूर्ण किसिमको सहयोगलाई निरन्तरता दिन अपिल गर्दछौं।’

स्कूलका केही अभिभावकहरुले बैंकमार्फत् पैसा जम्मा गरेपछि निःशुल्क शिक्षा दिनुपर्ने माग गर्दै सामाजिक सञ्जालमासमेत बिरोध भएको थियो । बिद्यालयले भने अंग्रेजी माध्यमबाट पढाई शुरु गरेकोले पूर्वाधार, शिक्षक आदिको लागि अभिभावकसँग सहयोग लिनुपरेको जनाएको छ । नेपाली माध्यममा भने बिद्यार्थीहरुले निःशुल्क पढिरहेका छन् ।

बिद्यालयले बिद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिन सम्भव नभएपछि आवेदन दिने सबैलाई भर्ना गर्ने निर्णय गरेको थियो । ६०० बिद्यार्थीलाई भर्ना गर्न लिने भनिएको प्रवेश परीक्षाको फारम एक हजार पाँच सय बढी बिद्यार्थीले भरेका छन् ।

विद्यालयले प्रवेश परीक्षाको लागि फर्म भरेका सबै विद्यार्थीलाई भर्ना लिने यस अघि नै जानकारी दिइसकेको छ । ६सय विद्यार्थी भर्ना लिने गरी प्रवेश परीक्षाको लागि आवेदन खुलाएकोमा १५ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए। अघिल्लो बर्षदेखि बिद्यालयले बिद्यार्थीलाई भर्ना गर्दा प्रवेश परीक्षा लिने गरेको थियो।

यसपटक भने कोरोनाका कारण प्रवेश परीक्षा नलिने बरु आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिने जनाउँदै बिद्यालयले अविभावकहरुलाई भर्नाका लागि हतार नगर्न समेत आग्रह गरेको छ । बिद्यालय प्रशासनका अनुसार दुईवटा भवनमा गरेर २४वटा नयाँ कोठा तयार भएको छ । ती सबै कोठा आधुनिक र सुविधा सम्पन्न हुने बताइएको छ ।

बिद्यालयलाई सहयोग गर्नेलाई प्राथमिकतामा राखि भर्ना गर्ने भन्ने किसिमको सूचना फैलिएपछि ७० जना अविभावकहरुले बिद्यालयलाई बैंकमार्फत सहयोग जम्मा गरेका थिए। तर स्कूल प्रशासनले भने लकडाउन खुलेपछि सबैको भर्ना हुने जनाउँदै अविभावकहरुलाई हतार नगर्न र नआत्तिन अनुरोध गरेको छ ।

जनता माबिले अंग्रेजी माध्यमबाट प्रविधिमैत्री कक्षाहरु शुरु गरेपछि बिद्यार्थी तथा अभिभावकको आकर्षण बढेको छ । अघिल्लो बर्षपनि अत्याधिक मात्रामा भर्नाको लागि आवेदन परेको थियो । त्यसमध्ये प्रवेश परीक्षा लिएर बिद्यार्थीलाई भर्ना गराइएको थियो ।

जनता माबि इटहरीमा मात्र नभएर देशभरमै सामूदायिक बिद्यालयतर्फ नमूना बिद्यालयको रुपमा आफूलाई चिनाउने अभियानमा छ। बिद्यालयले स्तरीय शिक्षक राखेर प्रविधिमैत्रि तथा अत्याधुनिक कक्षा कोठामा अध्ययन अध्यापन गराउन थालेको छ । अंग्रेजी माध्यमबाट शुरु गरिएको नयाँ अभ्यासलाई यस बर्षदेखि नेपाली माध्यममा समेत प्रयोग गरिने हुँदा शिक्षाको गुणस्तर अझै बढ्ने बिद्यालयले जनाएको छ ।

हेर्नुहोस अभिभावकहरुको बिज्ञप्ती :-

One 1 two 1 three 1 four five 1