इटहरी/ नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ३७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती सवा दश बजे बिज्ञप्ती जारी गर्दै थप १८जनामा संक्रमण पुष्टि भएको जनाएको हो।

यो संख्यासँगै नेपालमा कोरोना भाईरसबाट संक्रमण हुनेहरुको संख्या ३७५ पुगेको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जस्थित भेरी अस्पताल, र बिराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार थप अठार जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषाका दुईजना पुरुषहरु, खोटाङ, हलेसीका एकएकजना पुरुषहरु, बाँकेको नरैनापुरका १२जना, दैलेखको, आठबिस १का एकजना पुरुष, सुनसरीका एकजना यस्तै झापाका एकजना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाईएको छ ।

यसैबीच सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा संक्रमण भएको जनाईएको छ । केहीदिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

375 1

 

 

(केहिसमय अगाडी प्रकाशित समाचारलाई एकपटक अध्यावधिक गरिएको छ -सम्पादक)