बिराटनरगर/ प्रेस युनियन सुनसरीले सक्रिय पत्रकारहरुको निःशुल्क बीमा शुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा कृयासिल १५०जना पत्रकारको निःशुल्क बीमा गर्ने कार्यक्रम शुरु गरेको हो।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले युनियन र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको र सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण देखिएमा १ लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ । सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिङ प्रदेश संयोजक बिमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सको बिराटनगर स्थित क्षेत्रीय कार्यालयम एक कार्यक्रमका बीच प्रेस युनियनका अध्यक्ष अधिकारी र रञ्जितकार बीच पत्रकारको बिमा गर्दै लिखितम सहमति आदानप्रदान भएको थियो । सो कार्यक्रममा अध्यक्ष अधिकारीले सामान्य राहत किन्न समेत अप्ठारो परिरहेको अवस्थामा यस बिमाले ठुलो टेवा पुग्ने र परिवारलाई समेत राहत महशुश हुने जिकिर गरेका छन्।

सुनसरीका दक्षिणि नाकाहरु भारतसँग जोडिएकाले निकै संबेदनशिल भएर रिपोर्टिङ गर्नुपर्ने बाध्यतासँगै जिल्लापनि रेड जोनमा परिसकेकाले बिमा आवश्यक भएको अधिकारीको भनाइ छ ।

हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले सँस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना बिमा कार्यक्रम प्रेस युनियनको सुनसरी संगको सहकार्यमा गरेको जानकारी गराएका छन् ।

सो कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का महासचिब बिबेक गौतमलेले युनियन सुनसरीले गर्ने लागेको बिमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा लिने दाबि गरेका छन् ।

युनियन सुनसरी पत्रकारहरुको पेशागत हक हित एवं सुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योाजनालाई लिन सकिने महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताएका छन् । उनले सरकारले समेत यस्तो महामारीले पत्रकारहरुको सुरक्षाका लागि चिन्तित भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

सो कार्यक्रममा इन्स्योरेन्सका इटहरी व्यवस्थापक भोजराज अधिकारी, बिराटनगरका ब्यवस्थापक सुनिल ठाकुरलगायतको समेत उपस्थिति थियो ।