धरान/ सुदुर पश्चिम प्रदेशको महाकालीस्थित नेपाली भुमि भारतले कब्जा गरेर सडक निर्माण गरेको भन्दै बिरोधमा उत्रिएका नौ जना पक्राउ परेका छन् । धरानमा नेबिसंघले गरेको प्रर्दशनमा ति बिद्यार्थी पक्राउ परेका हुन् ।

धरानस्थित भानुचोकबाट महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिवसमेत रहेका नेबिसंघका ईकाई कार्यवाहक सभापति दोर्ची शेर्पा, नेबिसंघका पूर्व जिल्ला नेता टकेन्द्र राई, इकाई उपाध्यक्ष बिनोद आले मगर, रोहन चोङबाङ, अजय लिम्बु, बिमल बुढाथोकी, अजित लिम्बु, उत्तम राई र कृष्ण बडु पक्राउ परेका हुन्।

ryali
धरानमा प्रदर्शन गर्दै बिद्यार्थी/ तस्विर सौजन्य :भैरव आङ्ला

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट बिरोध प्रर्दशन शुरु गरेको नेवि संघलाई क्याम्पस अघि नै प्रहरीले रोक्ने प्रयास गरेपनि प्रहरीलाई छक्याउदै बिद्यार्थी भानुचोकसम्म पुगेका थिए ।

बिद्यार्थीको प्रर्दशनमा तरुण दलको पनि सहभागिता रहेको थियो । क्याम्पसबाट निस्किएका बिद्यार्थीले भारतको बिरोधसँगै प्रधानमन्त्री केपी ओलीबिरुद्ध पनि नारा लगाएका थिए ।

यसैबीच पक्राउको बिरोध गर्दै नेबिसंघले अबिलम्ब रिहाईको माग गरेको छ । नेबिसंघका नेता मन्दिप भट्टराईले बिज्ञप्ती जारी गर्दै पक्राउ परेकाहरुको अबिलम्ब रिहाईको माग गर्नुभएको छ ।

nebisangh