इटहरी/ इटहरी उपमहानगरमा लकडाउनकै बीच बजेटनीति तथा कार्यक्रम निर्माणका लागि तयारी थालिएको छ । यसका लागि उपमहानगरले बिभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल गरेको हो।

महाशाखा तथा शाखा प्रमुखहरुसँग चालुआर्थिक बर्षमा भएको प्रगतिका बारेमा समीक्षा गरिएको नगरप्रमुख द्धारिकलाल चौधरीले बताउनुभयो । छलफलमा महाशाखा तथा शाखा प्रमुखहरुले अहिले सम्म के के भए के के बाँकी छ अब के के गर्न सकिन्छ भन्ने बारेमा र बजेट कार्यावन्यनको अवस्था प्रस्तुत गरेका छन् ।

बैशाख ३१ गते कार्यपालिकाको बैठक बसेर बाँकी अवधिमा कसरी प्रभावकारी ढंगले बजेट कार्यान्वयन गर्दै बिकास निर्माणलाई अघि बढाउन सकिन्छ भन्ने बिषयमा निर्णय गरिने नगरप्रमुख चौधरीले बताउनुभयो।