सुनसरी/ सुनसरीको ईटहरी उप-महानगरपालिका १६ का बिष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको छ । सोमबार बिहान ७ बजे घर छेउको खोल्सी करेन्ट लगाएर माछा मार्ने क्रममा ३५ बर्षीय चौधरीको ज्यान गएको हो ।

माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयबासीले ईलाका प्रहरी कार्यालय ईटहरीलाई जानकारी गराएका थिए ।

इटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ ।

यस्तै खोटाङको खोटेहाङ गाउँपालिका ७ का ५५ बर्षीय पदम बहादुर भुजेल स्थानीय सामुदायिक बनमा मृत भेटिनुभएको छ । बैशाख २५ गते घरबाट खेत हिँड्नुभएका भुजेल बेलुकासम्म पनी घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा सोमबार बिहान ७ बजे मतकेना सामुदायिक वन भित्र बाटोदेखि करिव २०० मिटर तल मृत फेला पर्नुभएको खोटाङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृयाका पुरा गर्नुका साथै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।