धरान/ सुनसरीको धरानका सामाजिक अभियन्ताहरुले सोमबार राती ८ बजे ब्ल्याकआउट गर्न आब्हान गरेका छन् । उनिहरुले भारतीय अतिक्रमणको बिरोध स्वरुप धरानबासी एवं आम नेपालीमा यस्तो आब्हान गरेका हुन् ।

धरानका अभियन्ताहरुले आज राती ८बजे ब्ल्याकआउट गरेर भारतीय अतिक्रमणको बिरोध गर्न सम्पुर्ण धरानबासी तथा आम नेपालीमा आब्हान गरेका हुन्।

धरानका अभियन्ता एवं सञ्चारकर्मी महेश श्रेष्ठले सडकमा बिरोध गर्न आउन नसकेपनि घरमै बसेर बिरोध जनाउन आब्हान गर्दै सोमबार(आज) राती ८ बजे ५ मिनेट बत्ती निभाउन सबैलाई आह्वान गर्नुभएको छ ।

श्रेष्ठले ‘आज राती ८ बजे ब्ल्याक आउट गरेर ऐक्यवद्धता जनाउन आग्रह गछौं,’ भन्नुभएको छ ।