काठमाण्डौ/ भारतीय पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना हनुभएको छ । छातीमा समस्या भएपछि डा.सिंह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुनुभएको हो।

सिंह अस्पतालको कार्डियो थोरासिस बिभागमा चिकित्सकको निगरानीमा रहेको र कांग्रेसका प्रभावशाली नेता सिंहको उपचारमा डा.नितिश नाइकको नेतृत्वमा चिकित्सकको टोली खटिएको भारतीय सरकारी समाचार एजेन्सी पिटिआईले उल्लेख गरेको छ । सिंह सोमबार(आज) पौन ९ बजेतिर अस्पताल भर्ना हुनुभएको हो ।

८७ बर्षीय सिंहको पछिल्लो स्वास्थ्य सूचकहरु राम्रो रहेपनि छातीमा असहज महशुस गरेपछि अस्पताल लगिएको हो । सिंह बिपक्षी दल कंग्रेस आईका बरिष्ठ नेता एवं राज्यसभाका सदस्य हुनुहुन्छ ।

उहाँ सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुनुभएको थियो । सन् २००९ मा सिंहको एम्स अस्प्तालमै सफल रुपमा कोरोनरी बाईपास सर्जरी भएको थियो ।