इटहरी/ नेपाली युवा दिवेश पोख्रेल (अर्थर गन) अमेरिकन आइडलमा अर्को महत्वपूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा परेका छन् । सोमबार भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सातमा छनौट भएका हुन् ।

पोख्रेल हलिउडको कुनैपनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृटता हासिल गर्ने सम्भवत पहिलो नेपाली बनेका छन् ।

पोख्रेलले हरेक कार्यक्रमहरुमा आँफु नेपाली हुनुमा गर्व अनुभूति भएको बताउँदै आएका छन् ।