सिड्नी/ चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप बिश्वका बिभिन्न मुलुकमा फैलिएको छ । बिश्वका प्रत्येक जसो देशले लकडाउन गरेर आफ्ना जनतालाई कोभिड १९बाट बचाउन प्रयास गरिरहेका छन् ।

कोभिड १९को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृत्युसमेत हुने गम्भिर प्रकृतिको रोग हो । यो रोग २०२० फेब्रुअरी १४बाट चीनको हुवेई प्रान्तमा प्रमाणित भएको हो ।

यो रोग स्वासप्रश्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने जनाईएको छ । त्यसैगरी पछिल्लो समय बिश्वका प्रायः देश कोभिड १९बाट संक्रमित भएका छन् । अष्ट्रेलिया पनि कोभिड १९को संक्रमणबाट अछुतो रहन सकेको छैन ।

अष्ट्रेलियामा कोभिड १९को कारण मानिसहरुको आवागमन ठप्प बनेको छ । हेर्नुहोस ठप्प प्राय बनेको अष्ट्रेलियाका तस्विरहरु : IMG_0128 IMG_0130 IMG_0132 IMG_0129 IMG_0133 IMG_0131 IMG_0127

(हामीलाई प्रस्तुत तस्विरहरु सिड्नीबाट पूर्वी खबरका नियमित पाठक एवं शुभचिन्तक निरज बस्नेतले पठाएका हुन- सम्पादक)