इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकामा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि सबैसँग आव्ह्वान गर्ने निर्णय गरेको छ। इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सबैसँग आग्रह गरेको हो।

इटहरी उपमहानगरले नेपाल बैँक लिमिटेड इटहरीमा ८० लाख जम्मा गरि कोष खडा गरेको छ। सो कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि आग्रह गरिएको छ। बैठकले वडास्तरमा पनि सर्वदलीय सर्वपक्षीय बैठक बसि बिपत राहत बितरणलाई अझ ब्यवस्थित बनाउने निर्णय गरेको छ।

बैठकमा प्रदेश सांसद लिलम बस्नेत, उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, नेकपा इटहरीका नेताहरु राजकुमार गिरी, सागर सुवेदी, बहादुर सिं तामांग, नेपाली कांग्रेसका सभापति हेमकर्ण पौडेल, उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेललगायत बोल्नुभयो।

उहाँहरुले बिपतका बेला राहतका लागि मनखोलेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। सोही बैठकमै श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीको तर्फबाट अध्यक्ष हेम घिमिरेले एकलाख एक हजारको चेक हस्तान्तरण गर्नुभयो।

onne
चेक हस्तान्तरण गर्दै घिमिरे

यसैबीच आजै नेपाली कांग्रेस इटहरीको तर्फबाट पाँचहजार केजी चामल राहत बितरणका लागि इटहरी उपमहानगरपालिकालाई उपलब्ध भएको छ।