इटहरी/ सुनसरीको इटहरीमा सुत्केरी ब्यथाले च्यापेर सडकमा रुँदै भेटिएकी एकजना महिलाको उद्दार गरिएको छ। इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले ति महिलाई उद्दार गरेर इटहरी अस्पताल पुर्‍याउनुभएको हो।

इटहरी ४ की भिम कुमारी लिम्वूलाई ब्यथा लागेपछि एपेक्स अस्पताल इटहरीमा फोन गर्दा भर्ना गर्न नमानेको उहाँका श्रीमान अनिस भुजेलले बताउनुभयो। त्यसपछि नेपाल परिवार नियोजन संघ इटहरी लगिएको थियो। त्यहाँ बन्द रहेको पाइएपछि सिटी रिक्सामा इटहरी ५पिपलचौकमा रुँदै गरेको देखेपछि गाडीमा हालेर इटहरी अस्पताल पुर्‍याएको उपमेयर गौतमले बताउनुभयो।

जारी लकडाउनका कारण यातायातका साधन नभएपछि ती महिलालाई भेटघाट चौकदेखि सिटि रिक्सामा त्यहाँ पुर्‍याईएको थियो।