इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम पाँचजना सुत्केरी महिलाको घर पुग्नुभएको छ। उपप्रमुख गौतम सुत्केरी भेट कार्यक्रम लिएर इटहरीका पाँचजना सुत्केरी महिलाको घरघरमा पुग्नुभएको हो।

लकडाउनका बेला सुत्केरी भएका इटहरी २,९ र २० वडाका पाँचजना महिलाको घर पुगेर आमा बच्चाका लागि पोषिलो खानाका साथै न्यानो कपडा प्रदान गरिएको उपपमेयर गौतमले बताउनुभयो।

उपप्रमुख गौतमले रिना बिश्वकर्मा, खुस्वु खातुन, यमुना खतिवडा, स्वस्तिका पुरी र गंगीया उराउलाई भेट्नुभएको हो। यि पाँचैजना महिला इटहरी अस्पतालमा सुत्केरी भएका हुन्। लकडाउनका बेला खाद्यान्न अभावले सुत्केरी महिला भोकभोकै बसेको खवर पाएपछि आफू दाल चामल नुन तेल लगायतका पोषिलो खाद्यसामग्रीसहित उनीहरुलाई भेट्न गएको उहाँले बताउनुभयो।

लकडाउनका बेला श्रीमानले समेत काम गर्न नपाएपछि सुत्केरी महिलाको बिजोग भएको थियो। यो महाबिपत्तीमा सबैको बिजोगनै हुन्छ त्यसमा पनि सुत्केरी महिला र नवजात शिशुको झन बिजोग हुने भएकाले आँफुले सुत्केरी राहत प्याकेज लिएर उनीहरुको घर पुगेको उपमेयर गौतमले बताउनुभयो ।