इटहरी/ मोफसलका चर्चित समालोचक उपेन्द्र ‘पागल’ (बस्नेत)को निधन भएको छ। समालोचक ‘पागल’को बुधबार दिउसो निधन भएको हो।

‘पागल’को बुधबार दिउसो करिव २ः३०बजे उहाँकै निवास इनरुवा स्थित मधेसामा निधन भएको उहाँको परिवारिक श्रोतलाई उद्यृत गर्दै डा. रमेश घिमिरेले बताउनुभयो। लामो समयदेखि घरमै रहनुभएका ‘पागल’का एक श्रीमती र ६जना छोरीहरु हुनुहुन्छ।

समालोचक पागलका मोफसलका समालोचनालगायत दर्जनौँ कृतिहरु प्रकाशित छन्। मुलरुपमा साहित्यको समालोचना बिधामा शशक्त मानिनुभएका ‘पागल’को थुप्रै कबिताहरु चर्चित छन्।

निजामती सेवामा लामो समय काम गर्नुभएका ‘पागल’ले तल्लो तहबाट सेवा प्रवेश गरेर अधिकृतबाट अवकास लिनुभएको थियो। सरकारी जागिरबाट अवकास लिएपछि ‘पागल’ले लामो समय प्राध्यापन पनि गर्नुभएको थियो।

बिभिन्न साहित्यिक संघसँस्थाहरुको नेतृत्व सम्हाल्नुभएका ‘पागल’ प्रश्रित प्रतिष्ठान नेपाल कोशी पूर्व शाखाको अध्यक्ष हुनुहुन्थ्यो। प्रज्ञा प्रतिष्ठानको पूर्व प्राज्ञसभा सदस्य समेत रहनुभएका ‘पागल’को आजै अपरान्ह चारबजे पछाडी सुनसरीको इटहरीस्थित बुढिगंगा मुक्तिघाटमा अन्तेष्ठी गरिने परिवारिक श्रोतलाई उद्यृत गर्दै डा. रमेश घिमिरेले बताउनुभयो।

(पूर्वीखबर परिवार मृतक चर्चित समालोचक एवं साहित्यकार ‘पागल’ को अमर आत्माको चिर शान्तीको कामना गर्दै शोकसम्तब्द परिबारप्रति गहिरो समबेदना प्रकट गर्दछ -सम्पादक )