बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालले आइसोलेसन आइसियू, वार्डसहित सबै किसिमका आकस्मिक सेवा उपलव्ध गराईरहेको अस्पताल सञ्चालक सुनिल शर्माले जानकारी गराउनुभएको छ। अस्पताल सञ्चालक शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी गराउनुभएको हो।

डा. शर्माले नोबेल शिक्षण अस्पतालको आकस्मिक कक्ष २४ घण्टा खुल्ला रहँदै आकस्मिक बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा उपलव्ध गराउँदै आइरहेको अवस्थामा यस शिक्षण अस्पतालले छुट्टै ५० शैयाको आइसोलेसन, ५वटा भेण्टिलेटरसहितको १० शैयाको आइसोलेटेड सघन उपचार कक्ष र २वटा डेडिकेटेड डायलाईसिस मेसिनसहितको आइसोलेटेड डायलाईसिस सेवाको समेत व्यवस्था गरेको जानकारी गराउनुभएको छ।

उहाँले बिरामीको उपचारमा सधै प्रतिबद्ध यस शिक्षण अस्पतालमा आकस्मिक बिरामी भई आउने कुनैपनि बिरामीलाई उपचार सेवाबाट बञ्चित नगरिने जानकारी गराउँदै हाल नोवेलमा जाँदा उपचार पाईदैन भन्ने भ्रामक अफवाह फैलाउन केही व्यक्तिहरु लागि परेको पाइएको हुँदा त्यस्तो भ्रममा नपर्न हुन यसै सूचना मार्फत सम्वन्धित सवैलाई अनुरोध गरिन्छ भन्नुभएको छ।

आकस्मिक अवस्थामा बिरामी आउँदा आकस्मिक कक्ष छेउमा रहेको फिवर क्लिनिकमा प्रारम्भिक जाँच गराई उपचार सेवा लिनुपर्ने जनाउँदै अस्पताल सञ्चालक डा शर्माले यदी बिरामीको उपचारमा कुनै समस्या आएमा डिउटी अफिसरको फोन नंं ९८०२७१४९०० मा सहयोगको लागि सम्पर्क गर्न तथा डिउटी अफिसरबाट तत्काल सहयोग प्राप्त हुन नसकेको खण्डमा ९८५२०२६४४५ वा सिधा आँफुलाई समेत ९८५१०८४२८२ मा फोन गर्न सक्ने जनाउनुभएको छ।

हेर्नुहोस डा.शर्माको भनाई : sharma