इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले जनता बहुमुखी क्याम्पस इटहरीमा निर्माण गरेको क्वारेण्टाइनमा वाइफाई र सिसीक्यामेरासहित सबै मापदण्ड पूरा भएको हुने भएको छ।

क्वारेन्टाइनको हिजो सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जनस्वास्थ्य प्रमुख र नेपाली सेनासहितको टोलीले अनुगमन गरेको छ। इटहरीका नगरप्रमुख, उपप्रमुखसमेतको उपस्थितिमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सिसी क्यामेरा जडानपछि सबै मापदण्ड पूरा हुने जनाउनुभएको थियो।

त्यसपछि नगरप्रमुख द्वारिकलाल चौधरीले सिसी क्यामेरा तत्काल जडान गर्न उपमहानगरका कर्मचारीहरुलाई निर्देशन दिनुभयो। जनता क्याम्पस इटहरीमा १ सय २ वेडको क्वारेन्टाइन निर्माण गरिएको छ।