इटहरी/ सुनसरीको इटहरीमा ३५रुपैँया प्रतिकेजीमा पाइने आलु ७० रुपैँया सम्ममा बेच्ने गरेको पाइएको छ। उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा खुद्रा सब्जि बिक्रेताहरुले निक्कै भाउ बढाएको पाइएको हो।

बजारमा दैनिक उपभोग्य बस्तुको भाउ अचाक्ली बढाईएको गुनासो आएपछि इटहरी उपमहानगरपालिकाद्वारा आज पनि बजार अनुगमन गरिएको हो। उपभोक्ता हित संरक्षण समितिकि संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार होलसेल सब्जि ब्यापारीले भन्दा खुद्रा ब्यापारीले बढि मूल्य बढाएको पाइएको छ। anugaman 2

मंगलबार खुद्रा र होलसेल गरि १०वटा पसलको अनुगमन गरिएको गौतमको भनाई छ। खुद्रा पसलेहरुले होलसेलबाटै महङ्गो आएको बताएका गौतमले जनाउनुभयो। होलसेल पसलेहरुले पनि त्यस्तो महङ्गो नगरेको बताएको गौतमले बताउनुभयो।

बजार अनुगमनका होलसेल पसलबाट खरिद गरेको बिल र बिक्री गरेको मूल्य समेत जुधाएर हेरिएको उपमेयर गौतमले बताउनुभयो। एउटा बिल देखाएर अन्यन्त्रबाट सस्तोमा ल्याएको सब्जिसमेत बेच्ने गरेको पाइएको छ।

खाद्यान्न बाहेकका पसल गर्नेहरुले पनि सब्जि बेच्ने गरेको भेटिएको छ। आज खबरदारी र सचेत गराइएको भन्दै उपमेयर गौतमले अव त्यस्तो गरेको पाईए कानुन बमोजिम कारवाही हुने बताउनुभयो। लकडाउनपछि हिजो पहिलो पटक अनुगमन गरिएको थियो। बजार अनुगमन जारी राखिने उपमेयर गौतमले जानकारी दिनुभयो।