इटहरी/ इटहरी उपमहानगरपालिकाले इटहरीका २०वटै वडाहरुमा राहत बितरणका लागि खाद्यसामाग्री पठाइएको छ। विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकलागि राहत वितरण गर्न वडाहरुमा खाद्यसामग्री पठाइएको हो।

सम्वन्धित वडामार्फत बितरण गर्न वडाध्यक्षहरुलाई राहत सामग्री बुझाइसकिएको नगरप्रमुख द्वारिकलाल चौधरीले बताउनुभयो । वडाहरुले बिपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वडावासी नागरीकको लगत संकलन गरिसकेका छन्।

बितरणका लागि वडा वडामा प्याकेजिङका कार्य सकेपछि ब्यवस्थित तरिकाले बितरण गरिने भएको छ। लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन राहत बितरण थालिएको प्रमुख चौधरीले बताउनुभयो । इटहरीमा १० हजार बढिलाई राहत बितरण गर्ने तयारी छ।