यो समय मुलुक कोरोना भाईरसको महामारीसँग लडिरहेको छ। देश लकडाउनको अवस्थामा छ भने यो देशका सिपाही देशले ब्यहोरी रहेको महासंकटको बिरुद्दमा युद्द मैदानमा युद्द लडिरहेका छन। सिपाहीको युद्द त्यो पनि एउटा महामारी रोगका बिरुद्दमा सुन्दा साँच्चिकै अचम्म छ तर सत्य छ, जुन युद्दमा हार निश्चित छ त्यस्तो युद्दमा होमिनु सामान्य कुरा पक्कै नहोला त्यसमा पनि बिना हतियार युद्द मैदानमा लड्ने कुरा चानचुने छैन तर यतिबेला एउटा सिपाही केवल नागरीकको स्वास्थ्य रक्षाका लागि एउटा लाठि र सामान्य मास्कको भरमा कोरोना भाईरससँग निरन्तर युद्ध मैदानमा छ।

मानिसको कमजोर मानसिकता र अटेरिपनका कारण उनीहरुकै हितका लागी आफ्नो स्वास्थ्यको कुनै प्रवाह नै नगरी सारा पिडा भुलेर निरन्तर सडकमा खटिएको त्यो सिपाहीलाई तै सडकमा निस्किएका जनताले जिस्काईरहेका छन उनीहरुलाई लाग्दो हो कोरोना, प्रहरी र जनता लुकामारी खेलिरहेका छन, एउटा युद्ध मैदानमा उत्रिएको सिपाही सडकमा उत्रिएर जनताको अगाडि गुहार मागिरहेको छ म तपाईको सुरक्षाका लागि तपाईको घर बाहिर उभिरहेका छु, कृपया तपाईहरु आफ्नै घर भित्र बसिदिनुहोला तर विडम्बना यहाँ छ त्यो सिपाहीको गुहार न कसैले सुनेका छन् न कसैले बुझेका नै।

प्रश्न आफै उत्पन्न हुन्छ, यो के का लागि हो ? अनि कस्का लागि ? आखिर यो सडकमा उभिएका सिपाहीको के स्वार्थ लुकेको छ त्यहाँ ? कि उसको परिवारको ? हो एउटा सिपाहीको अन्तरआत्मा भित्र स्वार्थ लुकेको छ त्यो हो देश र जनताको सुरक्षा, तर किन जनता बुझ्न चाँहदैनन् की बुझेर पनि बुझ्न नचाहेका हुन्। भनिन्छ निदाएकालाई बिउझाउन सहज हुन्छ रे तर निदाएको नाटक गर्नेलाई बिउझाउन गाह्रो हुन्छ रे सायद यहि उखान चरितार्थ भएको हो कि।

एकपटक ह्रदयबाट नै मनन गर्नुहोस त तपाईको घर बाहिर उभिएर तपाँइहरुलाई घरभित्र बस्न आग्रह गर्ने सिपाहीको घर, परिवार छैन होला ? के त्यो सिपाहीलाई कोरोना भाइरस संक्रमण हुन्न होला ? त्यो सिपाहीलाई आफ्नै परिवारको जीवन रक्षा गर्ने कर्तव्य पनि त होला नि तर उसलाइ कुनै प्रवाह छैन परिवारको न त आफ्नै, प्रवाह छ त केवल देश र जनताको कहिले काँही त डिउटीमा निस्कने समय आफ्ना परिवारलाई सुरक्षित भएर बस है भन्नलाई फोन गर्ने फुर्सद पनि हुँदैन तर पनि त्यो सिपाहीले तपाईहरुको घर अगाडी उभिएर घर बाहिर ननिस्किनुहोस भन्दै तपाईहरुलाई सुरक्षा दिइरहेको छ किनकि यो देशलाई चिनको वुहान बनाउनु छैन, इटाली, अमेरीका र स्पेनको अवस्थामा पुर्‍याउनु छैन ।

हामी विर गोर्खालीको इतिहास तब जिबित रहनेछ जब हाम्रो लडाईले कोरोना भाइरसको महामारीलाई परास्त गर्नेछ । आउनुहोस तपाई हामी मिलेर यो लडाई लडौँ, कोरोना भाइरसलाई मिलेर परास्त गरौं तपाई जनता घर भित्र सुरक्षित बस्नुहोस हामी सिपाही बाहिर युद्ध मैदानमा तपाईको घर अगाडी बस्छौ।

(दिपक कटवाल राष्ट्रसेवक प्रहरी हुनुहुन्छ सम्पादक)

Covid19ds