इटहरी/ इटहरी ६ संगित चोकका खगेन मगरले बि थ्रि मगर कम्प्लेक्सको भाडा नलिने हुनुभएको छ। मगरले पूर्वी खबरसँगको कुराकानीमा यस्तो घोषणा गर्नुभएको हो।

मगरले इटहरी ६ संगित चोकमा रहेको बि थ्रि मगर कम्प्लेक्समा मासिक ५ लाख उठ्दै आएको घरभाडा कोरोना भाईरसको संकट अवधिभर नलिने घोषणा गर्नुभएको छ।

उहाँले बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण ब्यवसाय गर्नेहरुलाई यो अवधिभरको घरभाडा नलिने बताउनुभएको छ।

मगरले आँफूपनि मानव भएका कारण मानवीय संकटका बेला भएको मानबीय अफ्ठेरो टार्न आँफूले आफ्नो ठाउँबाट सानो सहयोग मात्र गरेको प्रतिकृया दिनुभयो। Covid19ds