रतुवामाई/ बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउन पाँचौ दिन सम्म आईपुग्दा जनताको दैनिक जनजीवनमा परेको समस्याप्रति रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले चासो व्यक्त गर्नुभएको छ।

मेयर राईले शनिबार नगर नगरपालिकाको बिभिन्न पिछडिएका क्षेत्रहरुका स्थानीयबासीसँग भेटघाट गरेर उनीहरुको गुनासो सुन्नुभएको छ। लकडाउनको असर दैनिक ज्यालादारी गरेर खाने मजदुर बिपन्न वर्गलगायतको दैनिकी छाकटार्न समेत परेको समस्या प्रति रतुवामाई नगरपालिका गम्भिर भएर लागेको छ।

नगरपालिकाका १० वटै वडामा लकडाउनका कारण साँच्चिनै असर परेका दैनिक ज्यालादारी गरेर खाने मजदुर साथै विपन्न वर्गका नागरीकहरुको तथ्यांक संकलन गर्न शुरु गरिएको छ। यस्तै नगर क्षेत्रमा अत्यावश्यक खाद्यान्नलगायतको अभाव नहुन स्थानीय पसल व्यवसायीसँग भएको मौज्दातको विवरण समेत संकलन गर्न शुरु गरिएको छ।

किसानहरुले लगाएको मकै खेतीमा इन्धनको अभावले सिंचाई गर्न नपाएको समस्या प्रतिपनि नगर प्रमुखले समाधानको पहल शुरु गर्नुभएको छ। नगरपालिकाले जीवन निर्वाहका अत्यावश्यक खाध्य पदार्थ (चामल, दाल, चिउरा, नून आदि), सागसब्जी तथा फलफूलको बिक्रि वितरण गर्न गराउन मानिसको भिडभाड नहुने गरी निम्न कार्य गर्ने भएको छ।

१) दैनिक बिहान ७ देखि ८ बजेसम्म र अपराह्न ४ बजेदेखि ६ बजे समय सम्म मात्र पसल खोल्ने खोलाउने,

२) सागसब्जी तथा फलफूल बेचबिखन गर्ने व्यक्ति तथा पसल सञ्चालकहरुको बीचको दुरी कम्तिमा ३ मिटर वा दश फिट हुनुपर्ने सिमा कायम गराउने,

३) खरिदगर्नेहरु लाईनमा बसेर पालैपालो सामान लिने व्यवस्था मिलाउने यसरी लाईनमा बस्दा एक व्यक्ति र अर्को व्यक्ति बीचको दुरी कम्तिमा पनि १दशमलव ५ मिटर वा पाँच फिट हुनुपर्ने गरि सिमा निर्धारण गराउने,

४) उपभोग्य सामाग्रि खरिद गरिसक्ने व्यक्तिलाई उभिन बस्न नदिई निजको घर गन्तव्य जाने पठाउने व्यवस्था गराउने,

५) खाद्य सामाग्रीहरु अनावश्यक किसीमले भण्डारण गर्ने गरि कुनै व्यक्ति वा परिवारलाई खरिद गर्न र बिक्रेताले बिक्रि नगर्ने नगराउने व्यवस्था मिलाउने,

६) माथि उल्लेखित समयमा खाद्यसामाग्री तथा सागसब्जी खरिद गर्न र समेत अत्यावश्यक कामबाहेक घर वाहिर निष्कन हिडडुल गर्न पूर्णरुपमा रोक लगाउने व्यवस्था मिलाउने।

Covid19ds