इटहरी/ चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी २२ बर्षीया यूवतीमा कोभिड १९को संक्रमण भएको पाईएको छ। बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो।

बाग्लुङकी यि युवतीसँगै नेपालमा कोभिड १९बाट संक्रमित हुनेहरुको संख्या पाँच पुगेको छ। पाँचजना मध्य एकजना निको भएर घर गइसकेका छन् भने दुईजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो। त्यसपछि बिमानमा सवार १५८ यात्रूको खोजी थालिएको थियो। त्यसक्रममा बाग्लुङ नगरपालिकामी ति युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो। नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको भएपनि उनि आफ्नै घरमा बसेको जनाईएको छ।

अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भईरहेको समाचार छ। Covid19ds