इटहरी/ नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। दुबईबाट आएका ३४ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

उनि चैत ११ गते अस्पताल भर्ना भएका र हाल उनि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले जानकारी दिनुभएको छ।

प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुनसक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ। नेपालमा अरु तीनजनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ।