काठमाण्डौ/ नेपाल प्रहरीलाई सनराईज बैंकले ६५ थान पिपिई (Personal Protective Equipment ) हस्तान्तरण गरेको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको कार्यक्रमवीच सो सामाग्री हस्तान्तरण गरिएको हो।

सो अवसरमा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई पिपिई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणको लागि नेपाल प्रहरीले आफ्नो जिउ ज्यान जोखिममा राखेर निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो। ppe 2

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बची जोखिममा अहोरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरुमा संक्रमण भएको खण्डमा बचाउने पुनित उद्देश्यले पिपिई हस्तान्तरण गरिएको जानकारी दिइएको छ। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, बरिष्ठ प्रहरी अधिकृतहरु तथा सनराईज बैंकका पदाधिकारीहरुको उपस्थिती थियो।