इटहरी/बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकाको न्यूयोर्कमा एकजना नेपालीको ज्यान गएको छ। पाँचथर रानीगाउँका ५०बर्षीय अनिल लिम्बुको ज्यान गएको हो।

एक सातादेखि न्युयोर्कस्थित एक अस्पतालमा उपचाररत लिम्बुको कोरोनाकै संक्रमणकै कारण ज्यान गएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताउनुभयो।

अमेरिकामा कोरोना संक्रमणबाट ५८२ जनाको मृत्यु भइसकेको छ। १ मार्च देखि अमेरिकामा कोरोनाको संक्रमण देखिएको थियो। छोटो अवधिमै अमेरिकामा ४६ हजार बढीमा संक्रमण देखिसकेको छ। त्यसमध्य एक हजार बढी गम्भिर बिरामी छन्।