सुन्दरहरैंचा/ मोरङको सुन्दरहरैंचा ५ का चारजना युवाहरु फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमणको पुष्टि भएकी युवतीसँगै नआएको खुलेको छ। उनीहरुको कागजात चेकजाँच गर्दा उनीहरु आएको समय नमिलेको हो।

उनीहरुको कागजात चेकजाँच गर्दा उनीहरु आएको समय नमिलेको सुन्दरहरैँचा ५का वडाध्यक्ष राम रिजालले जानकारी दिनुभयो। दिउँसो मेयर शिवप्रसाद ढकाल, वडाध्यक्ष राम रिजालसहितको टोलीले उनीहरुलाई भेटेर गोठगाउँस्थित पूर्वाञ्चल बिश्वबिद्यालयको अस्पतालमा लगेर चेकजाँच गराएको थियो।

उनीहरुलाई गोठगाउँस्थित पीयुको अस्पतालमा चेकजाँच गर्दा कुनैपनि लक्षण नदेखिएको भन्दै सुन्दरहरैँचा ५ का ४ जनामध्ये २ जना दुवइबाट र २ जना कतारबाट आएका र ती मध्ये २ जना सुन्दरहरैंचा ५ खोक्सीका, एकजना तीनपैनीका र एकजना तीनपैनीबाट हसिनासिमसार जाने बाटो नजिकै घर भएका रिजालले बताउनुभयो।

उनीहरु अंकित ढकाल, सुदीप परियार, सन्दीप विक र साने चौधरी रहेको र उनीहरुलाई कतार र दुवईबाट आउनासाथ काठमाडौंमा नै चेकजाँच गरिएको समेत पाइएको छ। चेकजाँचका क्रममा चिकित्सकले कुनै समस्या नरहेको भनेर प्रमाणपत्र समेत दिएको पाइएको वडाध्यक्ष राम रिजालले जानकारी दिनुभयो।

उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न र केही समस्या भए जानकारी गराउन भनिएको पीयुका अस्पताल निर्देशक विपेश आचार्यले जानकारी दिनुभयो। यसअघि सुन्दरहरैंचा ५का ४जना युवाहरु फ्रान्सबाट कतार हुँदै आएकी कोरोना संक्रमणको पुष्टि भएकी युवतीसँगै आएको भन्दै फेसबुकमा भ्रम फैलाउने काम भएको थियो।

त्यसपछि मेयर ढकाल, वडाध्यक्ष रिजालसहितको टोलीले उनीहरुलाई भेटेर पीयुस्थित अस्पतालसम्म लगेको हो।