काठमाण्डौ / भारतमा रहेको नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ। 

कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दुतावासले सूचना निकालेर अनुरोध गरेको हो। 

भारतमा अहिलेसम्म पाँच सय ११ जनामा कोरोना सङ्क्रमण भएको छ भने १० जनाको ज्यान गइसकेको छ। भारतका विभिन्न २२ राज्यका ७५ जिल्लामा ‘लकडाउन’ गरिएको छ।