चितवन / भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको ज्यान गएको छ। वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९स्३० बजे उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।

लुपस भन्ने रोगबाट पीडित उनको मिर्गौला कमजोर थियो। पछिल्लो समय ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए।

उनको स्वाब १० गते काठमाण्डौ पठाइएको छ तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ।

१० गते दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो। र, उपचारकै क्रममा उनको ज्यान गएको छ

चितवन भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको ज्यान गएको छ। वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९स्३० बजे उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ।

लुपस भन्ने रोगबाट पीडित उनको मिर्गौला कमजोर थियो। पछिल्लो समय ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए।

उनको स्वाब १० गते काठमाण्डौ पठाइएको छ तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ।

१० गते दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा सारिएको थियो। र, उपचारकै क्रममा उनको ज्यान गएको छ।