धरान / कोभिड–१९ कोरोनाभाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवावन्द गरे सगै सामान्य विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ। हटलाईनमा आएका समस्या फोन वाटै गर्ने र परामर्सवाट नभए घरसम्म पुगेरै भए पनि उपचार गर्ने उद्येश्यले हटलाईन सेवा सुरु गरेको फाउण्डेसनले जनाएको छ।

धरानमा रहेका चिकित्सकहरुको संस्था फाउन्डेशनले विगतमा समेत उपचारको पहुच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो। अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लक डाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजता अपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो।

विपीमा ओपिडी लगायतका सेवा बन्द भएको र हेल्प लाइनबाट उपचार गर्ने भएपछि हातेमालो फाउन्डेशनले भने समस्या भएका विरामीको घरमै गएर उपचार गर्ने भएको छ। फाउण्डेसनले प्रत्येक समस्याका लागी अगल अगल हटलाईन नम्बर को व्यवस्था गरेको छ। साथै फेसबुकमा हातेमालो फाउण्डेसनको पेज मार्फत पनि आफ्ना समस्या राख सकिने र त्यहीवाट समाधान गर्ने फाउन्डेशनका प्रवक्ता डा. भुपेन्द्र साहले बताउनुभयो। उहाले विरामीको रिपोर्ट फेसबुक म्यासेन्जरमा हाल्न लगाएर रिपोर्ट हेरेर विरामीलाई सल्लाह सुझाव दिने बताउनुभयो।

हाडजोर्नी, दन्तचिकित्सा, मेडिसिन, सर्जिकल, लगायतका धरानका ३०/४० जनाको चिकित्सको टोलीले यसरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवा दिने भएको हो। फाउन्डेशनका अध्यक्ष डा. इन्द्र लिम्बुले कोरोनाभाइरसका कारण अस्पतालमा आउन नपाएका विरामीहरुलाई घरमै गएर उपचार गराउने बताउनुभयो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चापलाई कमगर्दै सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर आफूहरुले सकेसम्म सर्वसाधारणको उपचारमा संलग्नहुने निर्णय गरेको अध्यक्ष डा. लिम्बुले बताउनुभयो। सबै विभागका चिकित्सकहरु यस फाउन्डेशनमा आवद्ध भएकाले सर्वसाधारणको मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, मुटुको समस्या लगायतका यावत समस्या प्रतिष्ठानको ओपिडीको समय विहान १० बजेदेखि बेलुका ५ बजेसम्म गर्ने अध्यक्ष डा. लिम्बुले बताउनुभयो।