काठमाण्डौ / विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि मानिसहरुको हिँडडुल नियन्त्रणमा मात्र भर पर्न नहुने बताएको छ।

डब्लूएचओका अनुसार कोरोनाको संक्रमण विश्वभर तीव्र रुपमा फैलिएको छ। कोरोनाको पहिलो संक्रमण देखिएको ६७ दिनमा एक लाख मानिसमा संक्रमण पाइएको थियो। अर्को ११ दिनमा दुई लाख पुग्यो भने त्यसको मात्र चार दिनमा संक्रमितको संख्या तीन लाख पुगेको छ।

संगठनका महासचिव टेड्रोस एड्हानोम गेहब्रेयससले संक्रमण भएका व्यक्तिहरुको परीक्षण र संक्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु नै कोरोना भाइरसविरुद्धको लडाइँमा महत्वपूर्ण हुने बताएका छन्।