काठमाण्डौ / चीनले बिरामीहरुलाई सहज उपचारका लागि थप ३३ प्रकारका औषधि थप्ने निर्णय गरेको छ।

चीनमा औषधि उपचार महँगो भएको भन्दै आलोचना भइरहेको बेला यो निर्णय भएको हो। अहिले अघि सारिएको योजनाले बिरामीको उपचार खर्च ६० प्रतिशतसम्म कभर गर्नेछ।

चीनको स्वास्थ्य सुरक्षा निकायले आइतबार ३३ प्रकारका औषधिको सूची तयार पारेको छ, जसमा क्यान्सर, मधुमेह र अन्य रोगका औषधि पनि छन्।

चीनमा औषधिको मूल्य चर्को छ, जसलाई एउटा समस्याको रुपमा दिन गरिएको छ।

२०१८ यता भने चीनले मूल्य क्रमशः कम गर्दै लगेको छ। गत अप्रिलयता औषधिमा सुधारको कार्यक्रम २५ प्रान्तमा विस्तार भइसकेको छ। यसले औषधि उपचारको खर्च ५९ प्रतिशतले घटेको छ र सार्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन्।