एजेन्सी / पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर ज्यान गएको छ।

नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा ज्यान जानेको संख्या छजना पुगेको छ। विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर ज्यान गएकी उनी पहिलो महिला भएको मानिएको छ।

ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ। उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ।

पोल्यान्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन्।