काठमाण्डौ / सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको कोरोना भाइरससम्बन्धी अडियो क्लिपको विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा नेपालमा कोरोनाभाइरस भित्रिसकेको र यसबाट सतर्क रहन भन्दै एक व्यक्तिले अफवाह फैलाएका थिए।

भाइरस भइरहेको अडियो क्लिपले जनमासमा सन्त्रास फैलाएको भन्दै त्यसको विषयमा अनुसन्धान गर्न प्रहरीको साइबर व्युरोलाई निर्देशन दिइएको प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले बताउनुभयो।

सरकारले कोरोनाभाइरसको संक्रमणबारे भ्रामक सूचना जारी नगर्न र गरेका कडा कारबाही गरिने चेतावनी दिँदै आएको छ।