स्पेन/ चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप बिश्वका बिभिन्न मुलुकमा फैलिएको बिश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ।

कोभिड १९को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृत्युसमेत हुने गम्भिर प्रकृतिको रोग सन् २०२० फेब्रुअरी १४बाट चीनको हुवेई प्रान्तमा प्रमाणित भएको हो।

यो रोग स्वासप्रश्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने जनाईएको छ। त्यसैगरी पछिल्लो समय कोभिड १९बाट संक्रमित हुने देशहरुको संख्या ह्वात्तै बढेको छ। यसैक्रममा कोभिड १९को संक्रमणबाट स्पेन पनि अछुतो रहन सकेको छैन।

स्पेनमा कोभिड १९को कारण स्पेन ठप्प बनेको छ। मानिसहरुको चहलपहल ठप्प प्राय बनेको छ। हेर्नुहोस ठप्प प्राय बनेको स्पेनका केहि तस्विरहरु :

spen pic 2 spen 3 spen 4 spen pic 1 spen 6 spen 5

(हामीलाई यि तस्विरहरु स्पेनबाट पूर्वी खबरका नियमित पाठक/शुभचिन्तक अमित पूर्वछाने मगरले पठाउनुभएको हो–सम्पादक)