काठमाण्डौ / न्युयोर्कमा कर्मचारीलाई नि:शुल्क कोरोना भाइरस परीक्षण तथा तलबी बिदा दिइने भएको छ। अमेरिकी राज्य न्युयोर्कमा कर्मचारीलाई तलबी बिदा दिनेबारे राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेको बताइएको छ।

प्याकेजमा कोरोना प्रभावित अमेरिकन कर्मचारीलाई ३ महिनासम्म तलबी बिदा र निःशुल्क कोरोना परीक्षण एवं उपचार गर्ने उल्लेख गरिएको छ। त्यस बाहेक कर्मचारी परिवार सदस्यको हेरचाह गर्नुपर्ने अवस्था आए थप तीन महिना तलबी बिदा पाइने छ।

न्युयोर्कमा हालसम्म २ हजार ३८२ जनामा कोरोना भाइरस देखिएको छ। विश्व स्वास्थ्य संगठनकाअनुसार बिहीबारसम्म अमेरिकामा ५ हजार ३५८ जना कोरोना संक्रमित भेटिएका छन्। ७५ जनाले ज्यान गुमाएका छन्। एजेन्सी