एजेन्सी  / इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुकमा कोरोना भाइरसका कारण हरेक १० मिनेटमा एकजनाको ज्यान गइरहेको बताएका छन्।

प्रवक्ता कियानुस जहानपुरले इरानमा प्रतिघण्टा ५० जना संक्रमित भइरहेको पनि बताउनुभयो। इरानको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा १ सय ४९ जनाको ज्यान गएको बताएको छ।

यससँगै बिहीबारसम्ममा इरानमा भाइरसबाट ज्यान जानेहरुको संख्या १ हजार २ सय ८४ जना पुगेको छ। महामारी सुरु भएयता एकै दिनमा मृतकको संख्यामा भएको यो सबैभन्दा ठूलो वृद्धि हो।

इरानमा संक्रमितहरुको संख्या भने १८ हजार ४ सय ७ जना पुगेको छ।