काठमाण्डौ / मानिसको रगतको आधारमा कोरोना भाइरस संक्रमण फरक हुने चिनियाँ अनुसन्धानले देखाएको छ। पछिल्लो अध्ययनअनुसार ए ब्लड ग्रुप भएका मानिसलाई कोरोना भाइरसको प्रभाव धेरै पर्ने र ओ ब्लड ग्रुप भएका मानिसहरुलाई कम प्रभाव पार्ने देखिएको छ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनको वुहानमा गरिएको एक अध्ययनअनुसार चीनमा ज्यान जाने अधिकांश मानिसहरु ए ब्लड ग्रुप छन्।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार पनि वुहानमा भाइरस संक्रमित हुने र भाइरसको लक्षण देखिने धेरै मानिसहरु ए ब्लड ग्रुप देखिन्छन्। ओ ब्लड ग्रुपका मानिसहरु कम संक्रमित भएको अनुसन्धानले जनाएको छ।

वुहानमा भाइरसका संक्रमित हुने २०६ जनाको रगत परिक्षण गर्दा ६३ प्रतिशत ए ब्लड ग्रुपका थिए भने ५२ प्रतिशत ओ ब्लड ग्रुप भएको पाइएको छ। ओ भन्दा ब्लड ग्रुप ए भएका मानिसहरु बढी भाइरस संक्रमितपछि ज्यान गएको अनुसन्धानले देखाएको छ।

ए ब्लड ग्रुप भएका मानिसहरुले संक्रमण हुनबाट बच्‍न थप सावधानी अपनाउन पर्ने अधिकारीहरुले बताएका छन्। तर ओ ब्लड ग्रुपका मानिसहरुमा कोरोना संक्रमण हुने कम मात्र जोखिम रहेको जनाएका छन्।

अहिले अमेरिकामा ४४ प्रतिशत मानिसको ब्लड ग्रुप ओ छ भने ४१ प्रतिशतको ए छ। १ करोड १० लाख मानिस रहेको वुहानमा ब्लड ग्रुप ओ भएका मानिस ३२ र ए का ३४ प्रतिशत छन्।

यो अध्यनन बेइजिङ, वुहान, सांघाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् तर यसको यसको ‘पियर रिभ्यू’ हुन अझै पनि बाँकी छ।

अनुसन्धानकर्ताहरूले अहिलेको अध्ययनले सरकार र स्वास्थ्य संस्थाहरूलाई केही मार्गदर्शन गर्न सक्ने भए पनि यो नै अन्तिम निचोड नभएको बताएका छन्।

यदि कोही व्यक्ति ओ ब्लड ग्रुप छन् भने पनि उनी भाइरसबाट पूर्ण रुपमा सुरक्षित हुन्छन् भन्‍ने होइन। सबैले सम्पूर्ण सावधानी अपनाउनै पर्छ। - यो खबर अन्नपूर्ण पोस्टबाट लिइएको हो।