काठमाण्डौ / चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चार महिनासम्म पनि नियन्त्रणमा ल्याउन सकिएको छैन।

२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिलेसम्म विश्वका १ सय ६२ देशमा फैलिसकेको छ। पछिल्लो समय युरोपका देशहरुमा यसको बढी प्रभाव परेको देखिन्छ।

एक लाख ८३ हजार ३ सय २५ जनामा संक्रमण भेटिएको छ। तीमध्ये ७ हजार १ सय ७७ जनाको ज्यान गइसक्यो। तर उपचार हुनेको संख्या ठूलो छ। हालसम्म ७९ हजार ९ सय ८ जनाको उपचार सम्भव भएको छ।

कोरोना भाइरसबारे ताजा तथ्यांक सार्वजनिक गरेको साइट ‘वल्र्डओमिटर्स डट इन्फो’ले हालै जारी गरेको सूचना अनुसार सबैभन्दा धेरै मृत्यु र संक्रमणको संख्या चीनमा नै छ। जसमध्ये चीनमा ८० हजार ८ सय ८१ संक्रमित छन्। यस्तै ३ हजार २ सय २६ जनाको ज्यान गइसकेको छ। तर सबैभन्दा धेरै नै ६८ हजार ६ सय ९४ को उपचार पनि सम्भव भएको छ।

यसपछि इटलीमा सबै भन्दा धेरै संक्रमित भेटिएका छन्। मृत्युको संख्या पनि इटलीमा दोस्रो ठूलो छ। जसमध्ये इटलीमा २७ हजार ९ सय ८० संक्रमित भएको इटलीमा २ हजार १ सय ५८ को ज्यान गएको छ। साथै २ हजार ७ सय ४९ जना उपचार गरी सामान्य अवस्थामा पुगेका छन्। 

‘वल्र्डओमिटर्स डट इन्फो’ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल वाहेक १ सय ६१ देशमा संक्रमणबाट ज्यान गएको छ। नेपाल मात्रै त्यस्तो देश हो, जहाँ संक्रमित भेटिए पनि मृत्यु भने भेटिएन। अर्थात्, नेपालमा एक महिनाअघि एकजना संक्रमित भेटिएका थिए। तर उपचारपछि ती व्यक्ति सकुशल भए। त्यसपछि नेपालमा संक्रमण भेटिएको छैन। जसअनुसार ‘वल्र्डओमिटर्स डट इन्फो’ अनलाईनले नेपाललाई ‘ग्रीन लिस्ट’ मा राखेको छ।

 

कहाँ कति संक्रमण, मृत्यु र उपचार ?

चीन : ८०८८१ संक्रमित, ३२२६ मृत्यु, ६८६९४ उपचार

इटली : २७९८० संक्रमण, २१५८ मृत्यु, २७४९ उपचार

इरान : १४९९१ संक्रमित, ८५३ मृत्यु, ४९९६ उपचार

स्पेन : ९९४२ संक्रमित, ३४२ मृत्यु, ५३० उपचार

दक्षिण कोरिया : ८३२० संक्रमित, ८१ मृत्यु, १४०१ उपचार

जर्मनी : ७२७२ संक्रमित, १७ मृत्यु, ६७ उपचार

फ्रान्स : ६६३३ संक्रमित, १४८ मृत्यु, १२ उपचार

अमेरिका : ४७४३ संक्रमित, ९३ मृत्यु, ७४ उपचार

स्वीट्जरल्याण्ड : २३५४ संक्रमित, २१ मृत्यु, ४ उपचार

युके : १५४३ संक्रमण, ५५ मृत्इु, ५२ उपचार

नेदरल्याण्ड : १४१३ संक्रमण, २४ मृत्यु, २ उपचार

नर्वे : १३५६ संक्रमण, ३ मृत्यु, १ उपचार

अस्ट्रिया : ११३२ संक्रमण, ३ मृत्यु, ८ उपचार

स्वीडेन : ११२१ संक्रमण, ७ मृत्यु, १ उपचार

भारत : १२६ संक्रमण, ३ मृत्यु, १३ उपचार

नेपाल : १ संक्रमण, १ उपचार, (मृत्यु नभएको नेपालमा मात्रै।)